Comments Add Comment

बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

५ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै  राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । पत्र प्राप्त भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment