News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधिसभामा सम्बोधन गर्दै सरकारले नेपाललाई अधिनायकवादतर्फ लगेको आरोप लगाए ।
- थापाले '१८२ तले काँचको घरमा बसेर ढुंगा नहान,' भन्दै विपक्षीमाथिको व्यवहारप्रति कडा टिप्पणी गरे ।
- उनले रवि लामिछानेको नेतृत्वमा सरकार पुनर्गठनको माग गर्दै सरकार नसच्चिए ठूलो परिवर्तनको आँधिबेहरी आउने बताए ।
३ भदौ, काठमाडौं । एमाले संसदीय दलका नेता रामबहादुर थापाले नेपाललाई सरकारले अधिनायवादको दिशा लगेको आरोप लगाएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै विपक्षीहरूमाथि गरिरहेको व्यवहारप्रति कडा टिप्पणी गरेका छन् ।
‘१८२ तले काँचको घरमा बसेर ढुंगा नहान,’ थापाले भने । उनले रवि लामिछानेको नेतृत्वमा सरकार पुनर्गठनको माग पनि गरेका छन् । उनले सरकार नसच्चिए ठूलो परिवर्तनको आँधिबेहरी ल्याउने बताए ।
‘बालेन सरकारको स्वेच्छाचारी र अधिनायकवाद अध्यादेशबाट सुरू भयो । अधिनायकवादी शासकमा चरम महत्वाकांक्षा प्रकट भइरहेका छन्’ उनले भने ।
उनले २०१७ सालको महेन्द्रतन्त्र २०६१ सालको ज्ञानेन्द्रतन्त्र जस्तै खालको अहिले बालेन्द्रतन्त्र आएको आरोप लगाए ।
प्रतिक्रिया 4