+
+
Shares
फ्लोर क्रसबारे माधव नेपाल :

‘राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि साथीहरुले उसलाई सिध्याइदिए’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १९:२७

५ वैशाख, काभ्रे । नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा अरुको राजनीतिक भविष्य सिध्याइदिने धम्की दिनेकै बिजोग भएको बताएका छन् ।

आइतबार काभ्रेमा समानान्तर कमिटी घोषणा कार्यक्रममा नेता नेपालले फ्लोर क्रसको बचाउ गरेका हुन् । ‘प्रदेशको प्रमुख म हुँ, म मुख्यमन्त्री बन्दैछु । मैले भनेको नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि साथीहरुले मर्ता क्या नहीँ कर्ता उसलाई सिध्याइदिए’ उनले अघि भने, ‘अब उनको बिजोग भएको छ ।’

शुक्रबार कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा नेकपा एमालेका चार सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । नेकपा एमाले संसदीय दलले मुख्यमन्त्रीको विपक्षमा मत दिन ह्वीप लगाए पनि सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मत दिएका थिए ।

केपी ओलीको दम्भले पहिलो धक्का भने नेपाल पत्रकार महासंघको निर्वाचनमा खाएको उनले बताए । आफू निकट मानिसलाई एउटा सिट पनि नदिने भनेपछि ११ वटा संगठन मिलेको भन्दै उनले भने, ‘अहिले जुन केन्द्रीय कमिटी गठन भयो, जसमा केपी ओलीका मान्छे टर्च बालेर खोज्नुपर्ने गरी धूलो भएका छन् ।’

पार्टी अध्यक्ष ओली एकलौटी रुपमा अगाडि बढेको र पार्टीमा छलफल गर्न नचाहेको नेता नेपालले बताए । ‘अहिले पनि हाम्रो बीचमा छलफल गर्नु छैन । अर्को पार्टीसँग गर्नुछ, विदेशीसँग गर्नुछ । किनभने उनलाई पार्टी र आन्दोलन होइन, आदेश पालक चाहिएको छ ।’

सम्बोधनका क्रममा नेता नेपालले आफूहरुको लडाईं ओलीविरुद्ध नभई ओली प्रवृत्तिविरुद्ध भएको बताए ।

ओली सुध्रिने हो भने मिलेर जान सकिने भन्दै उनले भने, ‘केपी कमरेड, अझै पनि सुध्रिनुस् । कलंकको टीका लगाएर कुपात्रमा दर्ज नहुनुस् । अहिले पनि २०७५ जेठ २ को संगठनात्मक संरचनालाई स्वीकार गर्नुस्, मिलेर जाऊँ ।’ तर आफू अल्पमतमा पर्ने भएपछि ओली जेठ २ मा फर्किन नमानेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?