+
+
Shares

संसद अधिवेशन अन्त्य

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते ११:११

६ वैशाख, काठमाडौं । मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

सरकारले गत पुस ५ मा संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । फागुन ११ गते सर्वोच्चले संसद विघटन बदर गरेपछि सरकारले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाएको थियो । तर चालु अधिवेशनमा संसदमा कुनै विधेयकमाथि छलफल भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?