Comments Add Comment

अन्नपूर्णमा हराएको भनिएका रसियन पर्वतारोही सम्पर्कमा आए

फाइल तस्वीर

६ वैशाख, काठमाडौं । अन्नपूर्ण आरोहणका क्रममा हराएको भनिएका तीन रसियन नागरिक सम्पर्कमा आएका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार ती पर्वतारोही हराएको नभई आधार शिविरमा ढिला आइपुगेका थिए । ‘उनीहरु हराएका होइनन्, बेस क्याम्पमा ढिला आइपुगेका हुन्,’ उनले भनिन् ।’

यसअघि सोमबार बिहान तीन रसियन नागरिक अन्नपूर्ण आरोहणका क्रममा हराएको खबर सार्वजनिक भएको थियो । अन्नपूर्ण हिमाल आरोहणका लागि यो वर्ष कुल ४ समूहका ४४ जनाले अनुमति लिएका थिए । यी सबै विदेशी नागरिक हुन् ।

उनीहरुको साथमा पुगेका हाइअल्टिच्युड वर्कर तथा गाइडहरु समेत गरी दर्जनौं आरोही अन्नपूर्ण चुचुरो पुगेका छन् । यद्यपि यसको यकिन तथ्यांक नआइसकेको आचार्यले जानकारी गराइन् । उनका अनुसार प्रारम्भिक तथ्यांक अनुसार अनुमति लिएकामध्ये २९ जना आरोही चुचुरो पुगेको खबर छ । यसबारे त्यहाँ खटिएका सम्पर्क अधिकृतले प्रमाणित गरेपछि मात्र संख्या यकिन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment