Comments Add Comment

विकासको निर्देशनमा सुधिर र अनिषाको ‘केही कमी’

गायिका अस्मिता अधिकारीको स्वर, सागर खरेलको शब्द तथा कृष्ण पाण्डेको संगीतमा तयार भएको ‘केही कमी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

आफ्नो प्रेमीको अभाव महशुश गरिरहेकी एक यूवतीको भावनालाई समेटर यो गीत तयार भएको छ । गीतको भिडियोलाई निर्देशक विकास सुवेदीले अडियो अनुसार नै उतारेका छन् ।

रंग पत्रकारितामा सक्रिय विकासको यो डेब्यू निर्देशन हो । उनले, यो भिडियोबाट निर्देशनमा संभावना देखाएका छन् ।

भिडियोमा मोडल सुधिर श्रेष्ठ र अनिषा पोखरेलको अभिनय हेर्न सकिन्छ । विकास ज्ञवालीको सम्पादन रहेको भिडियोमा यूवराज न्यौपानेको छायांकन छ । विमल सुवेदीको लगानीमा बनेको भिडियोमा आशिष नेपालको सह–निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment