
फाइल तस्वीर
६ वैशाख, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको वित्तीय विवरण सार्वजनिक भएसँगै सेयर मूल्यमा गिरावट आएको छ । सोमबार सार्वजनिक भएको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको छ ।
९ महिनामा कम्पनी घाटामा जाँदा लगातार बढिरहेको चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सोमबार ठूलो गिरावट देखिएको छ । सोमबार सबैभन्दा धेरै गुमाउनेहरुको शीर्ष स्थानमा नै चन्द्रागिरिका लगानीकर्ताहरु देखिएका छन् । आइतबार २ हजार ४ सय ९ रुपैयाँबाट खुलेको बजार सोमबार २३६ रुपैयाँले घटेर २ हजार १ सय ७३ रुपैयाँमा आइपुगेको छ ।
चैत मसान्तसम्म चन्द्रागिरी १८ करोड ११ लाख रुपैयाँ घाटामा देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा कम्पनीको नोक्सान २ करोड १८ लाख रुपैयाँ मात्रै थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4