Comments Add Comment

कारबाहीको शृङ्खलाले पार्टीमा गम्भीर संकट : गोकर्ण विष्ट

७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन नसक्ने बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेपछि विष्टले यसले पार्टी एकतामा गम्भीर संकट पैदा भएको प्रतिक्रिया दिएका छन् ।

‘यस्ता कारबाहीका शृङ्खलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ’, विष्टले सामाजिक सञ्जालमा लेखेका छन् । एमालेभित्र देखिएको समस्या समाधान गर्न संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुपर्नेमा एकतर्फी र विना कारण कारवही गरिएको  उनले उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्रलाई अलग गरिदिएपछि एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने विष्टले बताएका छन् ।

अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिन्छ’ उनले भनेका छन्, ‘एउटा इमान्दार कार्यकर्ताकोलागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment