Comments Add Comment

एमालेका २७ सांसदलाई ओलीको प्रश्न : तपाईंलाई सांसद पदबाट किन नहटाउने ?

७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका २७ प्रतिनिधिसभा सदस्य (सांसद)लाई स्पष्टीकरण सोधेका छन् ।

संसदीय दलको विधान विपरित पार्टी र सरकारविरुद्ध क्रियाकलाप गरेको भन्दै ओलीले माधवकुमार नेपाल समूहमा रहेका २७ सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

स्पष्टीकरण सोधिएका नेताहरुले एमालेको नाम र निर्वाचन चिन्ह सूर्यको दुरुपयोग गरी पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक विचारधारा, दर्शन र कार्यक्रमभन्दा भिन्न गतिविधि सञ्चालन गरेको र नयाँ राजनीतिक दल गठन गर्नुअघि संगठनात्मक आधार खडा गर्न भेला गर्दै हिँडेको अध्यक्ष ओलीको आरोप छ ।

यसअघि ६ महिनाका लागि निलम्बन गरिएका माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बनपछि पनि पुनः त्यही गतिविधि किन दोहो¥याएको भनेर सोधिएको छ । साथै कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न निर्देशन दिएकाले पार्टी वा संसदीय दल परित्याग गरेको किन नभन्ने भनेर सोधिएको छ ।

२४ सांसदलाई काटिएको पत्रमा भने पार्टी एकता विरोधी प्रस्तावमा किन संलग्न भएको भनेर प्रश्न सोधिएको छ । पार्टी निर्णयको उल्लंघन गरेको, नयाँ राजनीतिक दलको स्वरुपमा पार्टी विरोधीहरुसँग साँठगाँठ गरेको भन्दै पत्रमा सोधिएको छ, तपाईंलाई विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम किन करबाही नगर्ने ?

पत्रमा अघि भनिएको छ, ‘साथै तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ? र, तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्नुहुन निर्देशन गर्दछु ।’

पत्रमा यस्ता गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment