+
+
Shares

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १७:२८

७ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा गाउँपालिका-२ का ३३ वर्षीय युवकको उपचारको क्रममा मंगलबार दिउँसो २:४० बजे मृत्यु भएको हो ।

भेरी अस्पतालमा सोमबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट मंगलबार दिउँसो २ बजे उनी भेरी अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा अस्पताल भर्ना भएको ४० मिनेट पछि उनको मृत्यु भएको फोकल पर्सन ओलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

यसअघि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुरकै दुईजनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?