+
+
Shares

‘सकेसम्म आफन्तलाई बिदाइ गर्न विमानस्थल नआउनू’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १७:४५
फाइल तस्वीर

७ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थल क्षेत्रमा विदेश जाने आफन्तको बिदाइ कार्यक्रम निरुत्साहित गरेको भन्दै अत्यावश्यक नपरेसम्म विमानस्थल क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएको सन्दर्भमा विमानस्थल कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो । कार्यालयले भनेको छ, ‘विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएकाले अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल प्रवेश नगरी सहयोग गरिदिनु हुन अनुरोध छ ।’

विमानस्थलमा आवतजावत गर्दा अनिवार्य मास्कको प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ । शरीरको तापक्रम मापन गराएर मात्र टर्मिनल भवन भित्र छिर्न पाइने छ । सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । लाइनमा बस्दा मार्किङ/तोकिएको सांकेतिक चिन्ह पछ्याउन समेत कार्यालयले अनुरोध गरेको छ । आन्तरिक र बाह्य यात्रुले सीसीएमसीको वेबसाइटबाट ट्राभलर डिपार्चर फारम डाउनलोड गरी त्यो भरेर मात्र विमानस्थल जान समेत अनुरोध गरेको छ । यो नभरी विमानस्थल गएमा विमानस्लमै भर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?