
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा नयाँ गजुरको पूजापछि धरहराको टुप्पामा गजुर राख्दै कामदार। तस्वीर :रासस
८ वैशाख, काठमाडौं । पुनर्निर्मित धरहरामा गजुर राखिएको छ । बुधबार ३३० केजीको गजुर राखिएको नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले अनलाइनखबरलाई बताए । यो गजुरमा ९५ तोला ३ लाल सुनको जलप लगाइएको छ ।
२०७२ वैशाख १२ को भूकम्पले धराहरा क्षतिग्रस्त बनेको थियो । भत्किएको धराहरालाई संरक्षण गरेर पराम्परागत शैली झल्कने, तर आधुनिक धरहरा बनाइएको छ ।

धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । धरहरा बनिसकेपनि पार्किङ र बगैँचा लगायतको काम सकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4