
९ वैशाख, विराटनगर । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विराटनगरमा छुट्टै पार्टी कार्यालय स्थापना गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै समानन्तर कमिटि गठन गरी गतिविधि गर्दै आएको नेपाल समूहले बिहीबार विराटनगर महानगरपालिका-२ मा महानगर कमिटीले छुट्टै कार्यालय खोलेको हो ।
गत चैत २८ गते सो समूहले एमालेका मोरङका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा जिल्ला कमिटी र पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो ।
विराटनगर– २ मा दुई तले घर भाडामा लिएर सञ्चालन गरिएको कार्यालयको उद्घाटन एमाले सचिव तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आर्चालयले उद्घाटन गरे ।
कार्यालयको उद्घाटन गर्दै इन्चार्ज आचार्यले पार्टी अध्यक्ष र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएपनि वार्ता सकारात्मक रूपमा अगाडि नबढेकाले समानान्तर कमिटी निर्माण गर्दै अघि बढ्नुको विकल्प नभएको बताए ।
प्रतिक्रिया 4