
९ वैशाख, जनकपुरधाम । धनुषामा पर्खाल भत्किएर एक वृद्धाको मृत्यु भएको छ । उनका नाति घाइते भएका छन् ।
इँटाको पर्खाल हावाहुरीले भत्काउँदा त्यसमा च्यापिएर मिथिला नगरपालिका–६ ढल्केबरकी ६० वर्षीया दौलतियादेवी दासको बिहीबार मृत्यु भएको हो । भत्केको पर्खालले च्यापिएर गम्भीर घाइते भएकी उनको जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।
स्थानीय शैलेन्द्र साहले निर्माण गर्दै गरेको पक्की घरको दोस्रो तलामा केही दिनअघि लगाइएको इँटाको पर्खाल हावाहुरीले भत्काएर छेउमै रहेको खाजाघरमाथि खस्दा सुतिरहेकी दासको मृत्यु भएको र उनको नाति अनुराग घाइते भएका हुन् ।
घाइते अनुरागको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4