Comments Add Comment

नक्कली कस्मेटिक बिक्री आरोपमा पक्राउ परेका व्यक्ति ४० लाख धरौटीमा छुटे

९ वैशाख, काठमाडौं । नाम चलेका कस्मेटीकको खोलमा नक्कली कस्मेटीक बनाएर बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति४० लाख धरौटीमा छुटेका छन् । अनुसन्धान पुर्ण भएपछि थप कारबाही अघि बढाउने गरी पक्राउ परेका चेतनाथ गोयललाई धरौटीमा छोडिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

प्रमाणित नभएको रसायन प्रयोग गरी कस्मेटिक बनाउने आरोपमा चैत २४ गते विभाग र अपराध माहाशाखाको संयुक्त टोलीले गोयललाई पक्राउ गरेको थियो । नक्कली कस्मेटीक उत्पादनको धन्दामा संलग्न एक जनालाई धरौटीमा छोडिएको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।

विभागले उनको कारखाना तथा पसलबाट बरामद गरेको वस्तुको गुणस्तर परिक्षण गर्न गुणस्तर विभागमा पठाएको पनि प्रवक्ता सेढाईंले बताए । ‘पक्राउ परेका व्यक्तिलाई धरौटीमा छोडिएको छ, थप अनुसन्धान चलिरहेको छ,’ प्रवक्ता सेढाईंले भने ।

कम्पनीको सञ्लकको रुपमा रहेकी महिला सुत्केरी अवस्थामा रहेको र पक्राउ परेका मूख्य हर्ताकर्ता व्यक्तिले कसुर स्वीकार गरेका कारण अनुसधान अघि बढाइएको विभागको दाबी छ ।

नक्कली कस्मेटीक उत्पादन, भण्डारण र बिक्री केन्द्र गरी तीन ठाउँमा गरिएको सिल भने यथावत रहेको विभागले जनाएको छ । बजारमा नाम चलेका ५१ प्रकारका कस्मेटीक वस्तुको ब्राण्डेड खोलमा अप्रमाणित रसायन प्रयोग गरेर कस्मेटीक उत्पादन गरेर बिक्री गरिदैँ आएको प्रारम्भीक अनुसन्धानमा खुलेको थियो ।

विभिन्नि नामका मेहेन्दी र कालाकोला ब्राण्डको क्लिजिङ क्रिम,भ्यास्लीन, वोकली ह्वाइटनीङ, वीस्पर प्याड र यासा नाम गरेका सौन्दोर्य सामाग्री नक्कली बनाउने गरिएको फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment