
१० वैशाख, मकवानपुर । मकवानपुरका एक कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-४ का ५० वर्षीय पुरुष रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार उनको भरतपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो १२:४५ बजे मृत्यु भएको हो ।
छाती र फोक्सोसम्बन्धि समस्या भएका उनमा यही वैशाख ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ६ गते भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएका उनको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4