Comments Add Comment

धुर्मुस-सुन्तली फाउण्डेसनलाई खेलाडी संघको सहयोग

१० वैशाख, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले कलाकार सीताराम कट्टेल (धुर्मुस) अध्यक्ष रहेको धुर्मुस-सुन्तली फाउन्डेसनलाई शुक्रबार १ लाख रुपैयाँ सहयोग गरेको छ ।

फाउन्डेसनको पहलमा जनस्तरबाट चितवनको भरतपुर नगरपालिकास्थित रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट शंगशालामा राखिने कुर्सीमध्ये १ कुर्सी खरिद गर्दै रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यले एनएनआईपीएले १ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

फाउन्डेसनले रंगशाला निर्माणमा सहयोग जुटाउने उद्देश्यले केहि समयअघि रंगशालामा राखिने कुर्सी मध्ये १ कुर्सीका लागि सहयोगकर्ताको नाम राख्ने गरी सो अभियान चलाएको थियो ।

एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले १०१ नम्बरको कुर्सी उपलब्ध गराइ दिन आग्रह गर्दै अध्यक्ष कट्टेललाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । एनएनआईपीएले गत फागुन ८ गते आयोजना गरेको अवार्ड कार्यक्रमबाट बचेको रकमबाट उक्त सहयोग फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

एनएनआईपीएले यअसघि पनि फाउन्डेसनलाई सेन्टी भाइरसको प्रिमियर सोबाट वचत भएको रकमबाट ६० हजार रुपैयाँ उपलब्ध गराएको थियो । अध्यक्ष श्रेष्ठले कुर्सी खरिद गर्ने भन्दा पनि भावनात्मक रुपमा अभियानसंग जोडिन सहयोग गरेको बताउदै सम्पूर्ण खेल संघका साथै सबैलाई गच्छे अनुसार अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरे ।

एनएनआईपीएका मानार्थ अध्यक्ष दीपक विष्टले सीमित श्रोत र साधनका बावजुद खेलाडी संघले फाउन्डेनको पुण्य कार्यमा सहयोग गरेकोमा खुशी व्यक्त गरे । अध्यक्ष कट्टेलले खेलाडीको वृत्ति विकास र सरकारलाई सहयोग गर्न रंगशाला निर्माणको कार्य थालनी गरेको बताउदै क्रिकेट रंगशाला भएपनि रंगशाला हातामा विभिन्न मुख्य २२ खेल विधाका संरचना पनि निर्माण गर्ने योजना रहेको बताए ।

उनले सबैको साथ र सहयोगले मात्र निर्माण कार्यले पूर्णता पाउने बताउदै हरेक खेलाडीले मेरा, हाम्रो रंगशाला हो भन्ने महशुश गरी सम्पूर्ण खेलाडीलाई यो अभियानमा जोडिन अनुरोध गरे । उनले हरेश नखाइ र निराश नभइ विषम परिस्थतिमा पनि निर्माण कार्यलाई अगाडि बढाएको बताउदै सहयोगका लागि एनएनआईपीएलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment