
११ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरपुरमा आठ करोड रुपैयाँ लगानीमा होटल मदानी सञ्चालनमा आएको छ । बुटवल–भैरहवा सडकखण्डको शंकरपुरमा करिब ५ कठ्ठा क्षेत्रफलमा बनेको होटलको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले शनिबार उद्घाटन गरे ।
होटलमा १६ वटा वातानुकूलित कोठासहित २ सय जना क्षमताको ब्यांक्वेट हल, ५० जना क्षमताको सेमिनार हल, रुफटप बारसहितका सुविधा रहेको होटलका व्यवस्थापक आयुश सुवेदीले जानकारी दिए । होटलमा २६ जनाले रोजगारी पाएका छन् ।
होटेलको उद्घाटन गर्दै नगरप्रमुख घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पाहुनाको अभाव नहुने भन्दै अझै होटेलमा लगानी बढाउन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4