Comments Add Comment

रेनशा भन्छिन्–‘फिल्म रिलिजका लागि समय पाउँदा धेरै कुरामा ध्यान दिन पाएँ’

 

निर्देशक रेनशा वान्तवा राइले निर्देशन गरेको दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकिएको छ । कात्तिक १ गतेबाट सुरु भएको चलचित्रको छायांकन ६ महिनामा सकियो ।

रेनशालाई कोभिडका कारण निरन्तर छायांकन भने गरिनन् । विभिन्न सेड्यूलमा चलचित्रको छायांकन गर्दा उनलाई ६ महिना समय लागेको हो । चलचित्रको छायांकन सकिएपनि यसको प्रदर्शन मिति भने तय गरिएको छैन । यसअर्थमा रेनशासँग समय प्रशस्त छ ।

रेनशाले चलचित्रको छायांकन सकिएपछि पोष्ट प्रोडक्शनका लागि समय पाएकी छन् । कोरोनाका कारण चलचित्र कहिलेबाट रिलिज हुन्छ पक्का छैन । तर, रेनशाले यो समयमा चलचित्रका सुष्म बिषयमा ध्यान दिन पाएकी छिन् । रेनशाले अनलाइनखबरसँग भनिन्–‘मैले चलचित्रलाई सम्पादन गर्दा के–के कुरा थप्न वा हटाउन सकिन्छ भनेर ध्यान दिने समय पाएँ । यसैले, केही कुराहरु थप्न सकिन्छ भन्ने लागेपछि फेरि छायांकन पनि गरेँ ।’

चलचित्रको सम्पादन सकिएपछि रेनशाले आफूलाई अभाव खड्किएका कुराहरु थप्न पाएको बताइन् । यसले आफूले सोचे जस्तै चलचित्र बनेको उनको भनाई छ ।

रेनशाले भनिन्–‘इन्टु मिन्टु लण्डनमाको समयमा रिलिजको हतारो थियो । यसैले, समय नपाउँदा धेरै कुराहरुको अभाव महशुश भएको थियो । यसपटक महशुश भएका कुराहरु पुरा गर्न पाएकी छु ।’

यो चलचित्रले डान्सको कथा भन्छ । धिरज मगर, जसिता गुरुङ लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment