Comments Add Comment

अस्करमा ‘नोम्याडल्यान्ड’लाई फिल्म, निर्देशक र नायिकाको अवार्ड

यो बर्षको अस्कर अवार्डमा क्लोई झाओको निर्देशनमा तयार भएको ‘नोम्याडल्यान्ड’ले तिन मुख्य विधामा अवार्ड जितेको छ । यो चलचित्रले उत्कृष्ट चलचित्र, निर्देशक र नायिकातर्फको अवार्ड जितेको छ ।

क्लोई अस्करकै इतिहासमा अवार्ड जित्ने दोश्रो महिला निर्देशक हुन् । ‘नोम्याडल्यान्ड’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी फ्रन्सेस म्याकडोनार्डले अस्करमा ह्याट्रिक गरेकी छिन् । उनले, यसअघि ‘फार्गो र थ्री बिलबोर्डस् आउटसाइड एबिङ मिसोरी’बाट विश्वकै प्रतिष्ठित अवार्ड जितिसकेकी थिइन् ।

कोरोना महामारीका कारण अमेरिकाको लसएन्जल्सका विभिन्न स्थानबाट यो अवार्ड वितरण गरिएको थियो । उत्कृष्ट नायकतर्फ भने ‘दि फादर’ चलचित्रबाट एन्थोनी हप्किन्सले अवार्ड जिेत ।

अन्तरराष्ट्रिय अवार्ड भने डेनमार्कको ‘एनोदर राउन्ड’ले अवार्ड जितेको छ । विश्वकै प्रतिष्ठित अवार्डमा क–कसले अवार्ड पाए, यहाँ प्रस्तुत गरिएको छः

फिल्म : नोम्याडल्यान्ड
निर्देशक : क्योल झाओ (नोम्याडल्यान्ड)
अभिनेता : एन्थोनी हप्किन्स (द फादर)
अभिनेत्री : फ्रान्सिस म्याकडरम्यान्ड (नोम्याडल्यान्ड)
सह-अभिनेत्री : यु जोङ उन (मिनारी)
सह-अभिनेता : डेनियल कालुया (जुडास एन्ड ब्ल्याक मसिहा)
एडप्टेड पटकथा : द फादर
मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल स्कोर : सउल
एनिमेटेड सर्ट फिल्म : इफ एनिथिङ ह्यापेन्ज आइलभ यू
डकुमेन्ट्री फिचर : माइ अक्टोपस टिचर
अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड (डेनमार्क)
ध्वनी : साउन्ड अफ मेटल
प्रोडक्सन डिजाइन : म्यांक
सम्पादन : साउन्ड अफ मेटल
छायांकन : म्यांक
भिजुअल इफेक्ट : टेनेट
एनिमेटेड फिचर फिल्म : सउल
मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल सङ : फाइट फर यु (जुडास एन्ड द ब्ल्याक मसिहा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment