+
+
Shares

बाँके र दाङका तीनजना संक्रमितको नेपालगन्जमा मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७८ वैशाख १४ गते १०:५६

१४ वैशाख, बुटवल । बाँकेको नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एकजनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३० बजे मृत्यु भएको हो ।

यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मंगलबार बिहान २ः४० बजे मृत्यु भएको छ ।

यस्तै दाङको तुल्सीपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएकी ७४ वर्षीया महिलाको मंगलबार बिहान ६ः२० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

 

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?