+
+
Shares

रुपन्देहीमा भोलिदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १८:०१
फाइल तस्वीर

१५ वैशाख, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि रुपन्देहीमा बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार एक आदेश जारी गर्दै तीव्र रुपमा फैलिएको कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि बिहीबार बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ । यस्तै औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङद्वारा जारी आदेशमा निषेधाज्ञा अवधिभर जिल्लाभित्र सबै प्रकारका निजी तथा सर्वाजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको उल्लेख छ ।

यसैगरी अन्तर्राष्ट्रिय सीमा नाकामा भारतलगायत तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पूर्णरुपमा रोक लगाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?