+
+
Shares

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १८:२२

१५ वैशाख, जनकपुरधाम । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा सप्तरीका एकजना किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर १ तेतरिया बस्ने भगाई सदाका १६ वर्षीय छोरा राम सदा रहेको प्रहरीले जनाएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा बायाँ हातको औलामा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लग्दै गर्दा बाटोमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि सिरहाको लहानस्थित अस्पताल लहान सिराहामा राखिएको छ भने घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?