Comments Add Comment

२४ घण्टामा सुदूरपश्चिमका ११ जना संक्रमितको मृत्यु

१६ वैशाख, धनगढी । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचारत ५ जना, महाकाली अस्पतालमा उपचाररत ३ जना, अछाम, बझाङ र कैलालीको होम आइसोलेसनमा बसेका एक/एक जना गरेर ११ जना संक्रमितको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीय महिला, वडा नम्बर ४ का ४० वर्षीय पुरुष, घोडाघोडी नगरपालिका– १० का ६० वर्षीय पुरुष, वडा नम्बर १२ का २८ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको बताए ।

कोरोना पुष्टि भएर होम आइसोलेसनमा बसिरहेकी गोदावरी नगरपालिकाकी ८७ वर्षीया महिलाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत जिल्लाको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय पुरुष, वडा नम्बर १८ कि ३६ वर्षीया महिला र दोधारा चाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए ।

यस्तै बिहीबार नै जिल्ला अस्पताल बझाङमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुष र अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ का ७७ वर्षीय पुरुषको पनि मृत्यु भएको सम्बन्धित जिल्लका स्वास्थ्य कार्यालयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment