Comments Add Comment

सक्कली मै हुँ भन्दै एउटै नाम भएका सयौँजना मैदानमा घमासान

काठमाडौँ । अमेरिकाको एरिजोनामा एकजना कलेज पढ्ने विद्यार्थीले गत वर्ष आफ्नै जस्तो नाम भएका सबैजनालाई डाक्दै ग्रुप च्याट सुरु गरे । ती विद्यार्थीको नाम जोश स्वाइन थियो र उनले सबै जोसहरुलाई आफुले खडा गरेको फेसबुक ग्रुपमा आमन्त्रण गरेका थिए । उक्त ग्रुपको नाम थियो “Josh, Josh, Josh, Josh, Josh, Josh, Josh, Josh, Josh,”

त्यहीँ समूहसँग जोडिएका सयौँ जोशहरुबीच हालै एउटा अनौठो युद्ध भएको छ । वास्तविक तथा सक्कली जोश छनोट गर्न भन्दै उनीहरुबीचमा ‘तरबार’ युद्ध भएको हो ।

नेब्रास्काको लिंकन सहरस्थित एयर पार्कमा ‘One True Josh’ उपाधिका लागि सयौँ जोश नामधारीरु अनौठो तरबार युद्धमा होमिएका हुन् ।

यो अनौठो भिडन्तका बारेमा ट्वीटरमा #JoshFight नामक ह्यासट्याग ट्रेन्डिङ नै भयो ।

उक्त भिडन्त सुरुमा आयोजक जोश स्वाइन र अर्का एकजना जोशबीच चर्चित रक, पेपर एण्ड सिजर्स खेलबाट सुरु भएको थियो । उक्त खेलमा जोश स्वाइन विजयी बने ।

Josh Swain (L) the originator of the joke, takes on another Josh in a game of rock, paper, scissors

त्यसपछि सबै एकसाथ तरबार युद्धमा मैदानमा उत्रिए । तरबारको रुपमा सबैले हातमा पुल नुडल अर्थात् पोलिथिनको बेलना आकारको मोटो रंगीन लठ्ठी समाएका थिए । मानिसहरु स्पाइडरम्यान देखि चिउबाका लगायतका विभिन्न पात्रका पहिरनमा सजिएका थिए ।

अनौठो त के भने उक्त लडाइँमा ५ वर्षको एक बालक विजयी बन्यो । उसलाई बर्गर किंगको ताज लगाइयो । सबै सहभागी जोशहरु उसको वरीपरी आएर तालीको गडगडाहटसँगै उक्त विजेता बालकलाई बधाई दिए । स्काइन्यूजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment