Comments Add Comment

ब्राजिलमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

१७ वैशाख, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा अहिलेसम्म ४ लाख १ हजार १८६ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १ संक्रमितको मृत्यु भएको थियो ।

ब्राजिल पर्याप्त मात्रामा आफ्ना नागरिकलाई कोरोना खोप पुर्‍याउन संघर्ष गरिरहेको छ । साथै संसद्ले राष्ट्रपति जेयर बोल्सोनारोमाथि यो महामारी बढाउन सहयोग पुग्ने गतिविधि गरेको विषयमा अनुसन्धान पनि गरिरहेको छ ।

ब्राजिलमा कोरोना संक्रमणको कारण हुने मृत्युदर पनि उच्च छ । कोरोना संक्रमणबाट सबैभन्दा धेरैको मृत्यु हुने मुलुकको सूचीमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा छ ।

ब्राजिलमा सन् २०२१ को सुरुआतबाटै उल्लेख्य संख्यामा कोरोना संक्रमित थपिन थालेका थिए । विशेषज्ञहरुले ब्राजिलमा देखिएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट)को कारण संक्रमण ठूलो संख्यामा फैलिएको बताएका छन् । ब्राजिलमा अहिलेसम्म २ करोड ८० लाख मानिसले कोरोनाको पहिलो डोज खोप लगाएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment