Comments Add Comment

निषेधाज्ञामा निस्किन पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

१८ वैशाख, काठमाडौँ । पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिंड्न दिने निर्णय गरेको हो ।

यसअघि निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिंड्न पाउने गरेका थिए ।

‘मिडिया हाउसको कार्ड देखाउँदा दुरूपयोगको सम्भावना धेरै देखियो। त्यसैले कडाइ गरेका हौं’ सीसीएमसीका एक अधिकारीले भने, ‘केही व्यावहारिक समस्या हेरिदिने कुरा त छँदैछ ।’

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

यस्तै उपत्यका बाहिर निषेधाज्ञा लगाइएको जिल्लाका हकमा भने सूचना विभागको प्रेस पास नहुनेलाई प्रमुख जिल्ला अधिकारीले नै अर्को अस्थायी पासको व्‍यवस्था मिलाउन सक्ने भनिएको छ ।

यो पनि पढ्नुहोस उपत्यकाको निषेधाज्ञामा आइतबारदेखि थप कडाइ गर्दै प्रशासन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

खच्चड जिन्दगी !

Advertisment