Comments Add Comment

धनुषामा २१ गतेदेखि निषेधाज्ञा

१९ वैशाख, धनुषा। जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने भएको छ ।

जिल्लामा कोभिड १९को नयाँ भेरियन्टको संक्रमण बढ्‍दै भएको तर बजार र बस्तीहरुमा मानवीय चहलपहल र भिडभाड नियन्त्रण हुन नसकेको भन्‍दै प्रशासनले  वैशाख २१ गते विहान ६: ००बजेदेखि वैशाख ३१ गते राति १२: बजेसम्‍म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो ।

यस्तै प्रशासनले जनकपुरको प्रदेशिक अस्पताललाई थप स्रोतसाधनको थप व्‍यवस्था गरी कोभिड अस्पताललाई व्‍यवस्था मिलाउन भनेको छ । यस्तै जनकपुरस्थित मणिपाल मेडिकल कलेजको निर्माणाधीन भवनलाई कोभिडको प्रकोप अवधिभर स्वामित्वमा लिइ सञ्‍चालन गर्न प्रदेश न‌ं. २ को मुख्यमन्त्रीको कार्यालयलाई अनुरोध गरेको छ।

यसका साथै प्रदेश २ सरकारको निर्णयले आइशोलेशनको रुपमा प्रयोगमा आएको र बेडसहितको अन्‍य स्वास्थ्य सामग्री र पूर्वाधार तयारी रहेको भन्‍दै सपहीस्थित सिटीईभीटीइको भवन, जनकी मेडिकल कलेजको रमदैयास्थित अस्पताल र गंगुलीस्थित आयुर्वेद कजेल भवनलाई कोभिड अस्पतालको रुपमा सञ्‍चालन र व्‍यवस्थापन गर्न सामाजिक तथा विकास मन्त्रालयलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment