+
+

मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १७:२१

१८ वैशाख, हेटौंडा । मकवानपुरमा आइतबार परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनामा चट्याङ पर्दा घाइते भएका तीनमध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।

पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्न पुगेका तीन जनालाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका मकवानपुरगढी–२ माथिल्लो छापका २५ वर्षीय कविराज वाइबाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका मकवानपुरगढी–२ माथिल्लो छापका ४६ वर्षीय वीरबहादुर वाइबा र ५६ वर्षीय वीरवल वाइबा घाइते छन् । घाइतेहरुलाई सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?