+
+

शिक्षक महासंघले घोषणा गर्‍यो चरणबद्ध आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १९:२८
फाइल तस्वीर

१९ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आफू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्वयन नभएकाले दबाबमूलक आन्दोलन घोषणा गर्नुपरेको महासंघले जनाएको छ ।

महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि चरणबद्घ आन्दोलन गर्ने जनाएका छ । संघीय शिक्षा ऐन जारी गराउने, न्यून तलबमा काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्घि गर्ने लगायत माग महासंघले राखेको छ । यस्तै शिक्षक, कर्मचारीलाई अविलम्ब कोभिड विरुद्घको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि बिमा र निःशुल्क उपचारको व्यवस्था गर्ने तथा हाल संस्थागत विद्यालयमा भएका शिक्षक कर्मचारी निष्कासन गर्ने कार्यलाई रोक्ने लगायतका माग पनि शिक्षक महासंघले राखेको छ ।

महासंघले पहिलो चरणका कार्यक्रमअन्तर्गत वैशाख २० गतेदेखि ३१ सम्म शिक्षा मन्त्रालय, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय इकाई हुँदै स्थानीय सरकारसमक्ष विरोधपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?