Comments Add Comment

‘अमेरिकन आइडल’को टप ७ मा दिवेश

‘अमेरिकन आइडल’को नयाँ संकरणमा प्रतिस्पर्धा गरिरहेका नेपाली गायक दिवेश पोखरेल अर्थात आर्थर गन टप ७ मा स्थान बनाउन सफल भएका छन् । उनी, गतबर्षको संकरणमा फस्ट रनरअप भएका थिए ।

अर्थर गनले २ साता अगाडि विश्वकै चर्चित गायन रियालिटी शोमा आफ्नो प्रस्तुती दिएका थिए । उनले ‘आइरिस’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतीको निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले खुलेरै प्रशंसा गरेका थिए ।

भोटिङका लागि २ साता समय राख्दै अप्रिल २६ सम्म समय तोकिएको थियो । भोटिङबाट अघिल्लो बर्ष प्रतिस्पर्धा गरेका १० जनालाई उछिन्दै दिवेशले उत्कृष्ट १० मा स्थान बनाएका थिए । अघिल्लो बर्ष प्रतिस्पर्धा गरेका १० जना मध्ये सर्वाधिक भोट ल्याउने एक जना प्रतिस्पर्धी अगाडि बढ्ने नियम ‘अमेरिकन आइडल’को निर्माण टिमले बनाएको थियो ।

आइतबार १० जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा ३ जना बाहिरिएपछि दिवेश उत्कृष्ट ७ मा स्थान बनाउन सफल भएका हुन् । आर्थरले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै विश्वकै चर्चित रियालिटी शोको मञ्चमा फेरि पनि प्रस्तुति दिन पाउँछु भनेर नसोचेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment