
हाल कोभिड-१९ तीव्र गतिले बढिरहेको अवस्थामा घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन गोदरेजको भाईरोसिल्ड उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
२ देखि ६ मिनेटभित्रमा भाईरोसिल्डले युभी-सी रेमार्फत ९९ प्रतिशतभन्दा बढी कोभिड-१९ भाईरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ ।
भाईरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । भाईरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु हुँदैन ।
आईसीएमआर ल्याबद्वारा सर्टिफाईड अत्याधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ ।
‘कोभिड-१९ को संक्रमण दिनानुदिन बढ्दै गईरहेको र हामी मात्र नभई हाम्रा सामाग्रीहरु पनि संक्रमणको घेराभन्दा बाहिर रहनु जरुरी भएकाले गोदरेज भाईरोसिल्ड निकै उपयोगी ठहरिने विश्वास गरिएको छ,’ कम्पनीले भनेको छ ।
गोदरेज ब्रान्डलाई चौधरी ग्रुपअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएल प्रालिले नेपाली बजारमा बिक्रीवितरण गर्दै आईरहेको छ ।
प्रतिक्रिया 4