
२१ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, छाउनीले कोरोना संक्रमित र शव व्यवस्थापनका लागि अत्यावश्यक हटलाइन नम्बरहरु उपलब्ध गराएको छ ।
विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमण र मृत्युदर बढ्दै गएपछि केन्द्रले एम्बुलेन्स र शव बाहनका लागि हटलाइन सेवा सुरु गरेको हो ।
केन्द्रका अनुसार एम्बुलेन्सको लागि १०२ र शव व्यवस्थापनको लागि ११४० नम्बरमा सम्पर्क गर्न सकिने छ । शव व्यवस्थापनमा खटिएका टीमको बारेमा जानकारी लिनुपरेमा १०५ मा सम्पर्क गर्न सकिने छ ।
शव व्यवस्थापनका लागि डेथ सर्टिफिकेट र कोभिड १९ पोजेटिभ रिपोर्ट rcmc.ops76@gmail.com मा इमेल गर्नुपर्ने छ ।
अस्पतालमा मृत्यु भएकाको हकमा सम्बन्धित अस्पतालले सीसीएमसीलाई शव व्यवस्थापनको लागि अनुरोध गरेको पत्र र होम आइसोलेसनमा मृत्यु हुनेको हकमा स्थानीय पालिकाको सीसीएमसीलाई शव व्यवस्थापन लागि अनुरोध गरेको पत्र हुनु पर्ने केन्द्रले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको एम्बुलेन्स सेवा
काठमाडौं महानगरपालिकाले पनि एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाका अनुसार राष्ट्रिय सभागृह, चाबहिल, स्वयम्भू, महाराजगञ्ज, मिनभवन लगायतका स्थानबाट एम्बुलेन्स सेवा सुरु गरिएको छ ।
महानगरपालिकाले ती एम्बुलेन्स सन्चालन हुने रुट, एम्बुलेन्सको नम्बर, एम्बुलेन्स चालकको मोबाइल नम्बर र नाम समेत सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरपालिकाको वेबसाइटमा राखिएको एम्बुलेन्सको रूट
प्रतिक्रिया 4