Comments Add Comment

रुपन्देहीमा एकै दिन थपिए ७९७ संक्रमित

२१ वैशाख, बुटवल । रुपन्देहीमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका मात्र ३३२ जना छन् । यस्तै तिलोत्तमाका १५८ जना, सिद्धार्थनगरका १०८ जना, देवदहका ४२ जना, शुद्धोधनका ५७ जना र सैनामैनाका ३५ जना छन् । यसैगरी ओमसतियाका २२, रोहिणीका १९, सियारीका ८, कञ्चनका ६, मायादेवीका ५, गैडहवाका ३ तथा मर्चवारी र लुम्बिनी सांस्कृतिक नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा चार जना संक्रमितको मृत्यु भएको छ भने २२२ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा १५७ जना लक्षणसहितका संक्रमितहरुले अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार गराइरहेका छन् भने ४ हजार ५१९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment