Comments Add Comment

नेपालबाट भारत लगिन्छन् अक्सिजन सिलिण्डर, ३ जना पक्राउ

२१ वैशाख, जनकपुरधाम । भारततर्फ अक्सिजनको सिलिण्डर तस्करी गरेको आरोपमा प्रहरीले मंगलबार महोत्तरीमा तीन जनालाई पक्राउ गरेको छ ।

प्र २–०२–००१ च ०३१७ नम्बरको गाडीमा ७÷७ किलोको २ थान भरिएको अक्सिजन सिलिण्डर लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ थरुवाहीबाट उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ बस्ने ३६ बर्षीय जमरुदिन राईन, वडा नम्बर २ बस्ने ५० बर्षीय दिनेश कुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका ६ बस्ने विपिन चौधरी रहेको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले बताए ।

सोमबार राति ८ बजेतिर भारततर्फ लग्ने क्रममा उनीहरुलाई अक्सिजनको सिलिण्डरसहित नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, जलेश्वर नगरपालिका–३ पश्चिोम मलिवाराबाट ३ थान भरिएको अक्सिजनको सिलिण्डर वेवारिसे अवस्थामा फेला परेको छ । प्रहरी प्रवक्ता विष्टका अनुसार नेपालबाट भारततर्फ लैजाने प्रयोजनको लागि राखिएको अक्सिजन सिलिण्डर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment