Comments Add Comment

गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजिन परीक्षण पोजेटिभ

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ र त्यसको रिपोर्ट आउन बाँकी छ ।

मंगलबार उनी संसदीय दलको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो। त्यसपछि उनको एन्टिजिन परीक्षण गरिएको थियो ।

उनको सचिवालय स्रोतले मुख्यमन्त्री गुरुङ बिरामी भएको पुष्टि गरे पनि थप केही खुलाउन चाहेको छैन ।

उनका स्वकीय सचिव विक्रम न्यौपानेलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । न्यौपाने हाल आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment