Comments Add Comment

डोटीमा कोरोना संक्रमित पुरुषको मृत्यु

२२ वैशाख, धनगढी । डोटीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

जिल्ला अस्पतालमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर कृष्णराज जोशीका अनुसार अस्पतलाको आइसोलेसनमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनलाई गत वैशाख २० गते कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment