
२२ वैशाख, काठमाडौँ । सिन्धुपाल्चोकमा २३ गते बिहीबार बिहानबाट जिल्लाभर निषेधाज्ञा लागू भएको छ । वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राती १२ बजसेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बुधबारबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो । निस्किनै परेमा सरकारले तोकेको सामाजिक दूरी, स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।
एकै स्थानमा भेला भई सभा सम्मेलन गर्न, हाट, मेला, जात्रा महोत्सव, भोज गर्न पनि रोक लगाइएको छ । १० वर्षभन्दा मुनि तथा ६० वर्षभन्दा माथि उमेरका व्यक्तिलाई कुनै पनि काममा घरबाहिर आवतजावत गर्न नदिने निषेधाज्ञामा उल्लेख छ ।
यस्तैं सार्वजनिक तथा निजी सवारी साधनलाई निषेधित क्षेत्रमा सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ भने अत्यावश्यक सेवाहरु एम्बुलेन्स,. खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, मासुजन्य बोकेको सवारी साधन, आइशोलेशन, फोहोरमैला व्यवस्थापनको गाडि सञ्चालन हुनेछ ।
यस्तै होटल तथा रेस्टुरेन्ट पूर्ण रुपमा बन्द गरिएको छ भने सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था संस्था र अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा सञ्चालन गर्न दिइने विज्ञप्तिमा उल्लेख छ।
यस्तै सञ्चारकर्मी/पत्रकारको हकमा सूचना विभागले जारी गरेको पासको आधारमा आवतजावपत गर्न पाउने जारी आदेशमा उल्लेख गरिएको छ।
प्रतिक्रिया 4