Comments Add Comment

विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने

२२ वैशाख, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने बताएको छ । त्यसका लागि प्रशासन कार्यालयबाट अनुमति पनि लिनुनपर्ने भएको छ ।

प्रशासन कार्यालयले दोस्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा विवाह ब्रतबन्धजस्ता संस्कारमा १५ जना व्यक्ति र २ वटा गाडीमा ब्यानर राखेर जिल्लाभित्र र वा अन्तर जिल्ला आवतजावत गर्न दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृत्यु संस्कारका लागि सवारी पास लिन मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस र परिचय खुल्ने कागजात चाहिने प्रशासन कार्यालयले जनाएको छ ।

बिरामी वा कुरुवालाई भने अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डको आधारमा आवतजावत गर्न दिने भएको छ । बिरामी भई काठमाडौं आउन वा बाहिर जान रिपोर्ट कार्ड वा भर्ना कार्ड चाहिनेछ ।

सुरक्षा गार्डहरुले परिचयपत्र देखाएर र पोशाक लगाएर हिँडडुल गर्न पाउनेछन् ।

हेर्नुहोस् प्रशासन कार्यालयको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment