Comments Add Comment

प्रदेश १ मा फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता

मृत्यु भए परिवारलाई २५ लाख

२२ वैशाख, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ ।

यसअघि संघीय सरकारले ५० प्रतिशत भत्ता दिने निर्णय गरेको थियो । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश सरकारले खटाएका फ्रन्टलाइनरलाई सुरु तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्री उषाकला राईका अनुसार कोरोना महामारीमा खटिएका फ्रन्टलाइनरको मृत्यु भए परिवारलाई २५ लाख रुपैयाँ राहत दिने निर्णय पनि भएको छ ।

प्रदेश सरकार मार्फत कोरोना संक्रमितको पहिचान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी र कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएमा परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको उनले बताइन् ।

बैठकले फ्रन्टलाइनरलाई संक्रमण पुष्टि भए उपचार खर्च व्योहोर्ने निर्णय गरेको छ । कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टिनमा बस्न सक्ने अवस्था नभए प्रदेश सरकारले प्रबन्ध गरेको खाना तथा खाजासहितको क्वारेन्टिनमा राख्ने पनि निर्णय गरेको छ ।

क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टिन बापतको खर्च प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको लागि विनियोजित बजेटबाट भुक्तानी गर्ने पनि निर्णय भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment