
टेलिभिजनमा सर्वाधिक चर्चित रहेको धार्मिक सिरियल ‘रामायण’का पात्रहरु आज पनि दर्शकको दिमागमा ताजै छन् । यो सिरियलमा काम गर्ने केही कलाकारको बिषयमा त खबर पनि सार्वजनिक भैरहेको हुन्छ ।
तर, यो चर्चित सिरियलमा ‘रावण’को भूमिका निर्वाह गर्ने कलाकार को थिए होलान् ? सन् १९८६ मा प्रशारण सुरु भएको यो सिरियलमा ‘रावण’को भूमिकामा देखिएका कलाकार हुन्, अरविन्द त्रिवेदी ।
अरविन्दले रामायणमा केवटको भूमिकाका लागि अडिसन दिएका थिए । तर, उनको अडिसन लिएका रामनन्द सागरलाई उनी रावणको भूमिकामा फिट हुन्छन् भन्ने लागेपछि उनी यो भूमिकाका लागि छनोट भएका थिए । अरविन्द भन्दा अगाडि ३ सय कलाकारले रावणको भूमिकाका लागि अडिसन दिएका थिए ।
मध्यप्रदेशको उज्जैन शहरमा जन्मिएका अरविन्दको करिअर गुजराती रंगमञ्चबाट सुरु भएको हो । अरविन्दले ३ सय भन्दा बढी चलचित्रमा काम गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4