+
+

सिरहाका कोरोना संक्रमित युवकको धरानमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते १६:०६

२३ वैशाख, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार सिरहा गोलबजार–६ का २९ वर्षीय युवकको उपचारका क्रममा बिहीबार ११ः१५ बजे मृत्यु भएको हो । उनीमा वैशाख १२ गते संक्रमण पुष्टि भएको थियो ।

विराटनगरस्थित नोबल मेडिकल कलेजले संक्रमण पुष्टि भएसँगै उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा वैशाख १२ गते रिफर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?