Comments Add Comment

वैशाख २५ गते कांग्रेसले बोलायो संसदीय दलको बैठक

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संसदीय दलको बैठक वैशाख २५ गते बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएपछि कांग्रेसले त्यस विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो ।

वैशाख २५ गते संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा दिनको २ बजे बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेसले निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment