
२४ वैशाख, बुटवल। रुपन्देहीका थप तीनजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा दुईजना र कोरोना विशेष अस्पतालको आईसीयूमा एकजनाको मृत्यु भएको हो ।
बैशाख २० गतेदेखि कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचाररत बुटवल तामनगरका ६५ वर्षीय पुरुषको बिहीबार राती १ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।
यस्तै वैशाख २२ गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा-१ का ४३ वर्षीय पुरुषको शुक्रबार बिहान २:२१ मा र बैशाख १९ गते देखि अस्पतालको इमर्जेन्सीमै उपचाररत तिलोत्तमा-१ की महिलाको बिहान ५ बजे मृत्यु भएको प्रवक्ता डा.गौतमले बताए ।
योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4