Comments Add Comment

नियमित उडान रोकिएपनि आज ९ अन्तर्राष्ट्रिय उडान-अवतरण

२४ वैशाख, काठमाडौं । बिहीबार रातीबाट नेपालमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको छ । आन्तरिक उडान भने यसअघि नै बन्द भएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार ९ वटा उडान-अवतरण हुँदैछन् ।

त्यसमध्ये तीन वटा जहाज बिहीबार राति विभिन्न गन्तब्यमा पुगेर काठमाडौं र्फकन लागेका हुन् । एउटा जहाज भारतबाट तोकिएको उडानअनुसार आउँदैछ । दुई जहाज भने कार्गो लिएर काठमाडौं आउँदैछन् ।

कार्यालयका अनुसार साउदीको दमामबाट हिमालय एयरलाइन्सको जहाज काठमाडौं आएको छ । दोहाबाट नेपाल एयरलाइन्स आएको छ । जापानको नारिताबाट नेपाल एयरलाइन्स आउने तालीका छ । भारतबाट एयर इण्डियाको भने सातामा एक उडान हुने गरि पाएको अनुमति अनुसार नै काठमाडौं आएको हो ।

हङकङबाट क्याथे प्यासिफिकका दुई जहाज कार्गो बोकेर काठमाडौं आउने छन् । हङकङ र दिल्लीबाट आएका यी जहाज आजै फर्कने छन् । हिमालय एयरलाइन्सको जहाज कार्गो लिन आजै चीनको कुनमिङ जानेछ ।

आन्तरिकतर्फ भने अहिले हेलिकोप्टरहरुले चार्टर्ड उडान गरिरहेका छन् । बिहीबार मात्र २३ हेलिकोप्टर काठमाडौंबाट बाहिरिएका छन् । १८ हेलिकोप्टर काठमाडौं आएका छन् । बिहीबार सेनाले तीन उडान गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान बन्द भएपनि चार्टर्ड, मेडिकल इमर्जेन्सी तथा उद्धार उडान नियमित रहने भएका कारण विमानस्थल बन्द हुने छैन ।

विमानस्थल कार्यालयहरुले कम कर्मचारी राखेर भएपनि कार्यालय खोल्नु पर्ने भएको छ । अरु कर्मचारीलाई भने र्वक फर्म होम अनुसार काममा लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment