+
+
Shares

रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो  

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २५ गते १७:०८

२५ वैशाख, रौतहट । रौतहटमा कोरोना भाइरसको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपचारको क्रममा रहेका थप दुई जनाको शनिबार मृत्यु भएसँगै मृत्यु हुने संक्रमितको संख्या १४ पुगेको हो ।

नारायणी अस्पताल वीरगञ्जमा गौर नगरपालिका–९ का ५५ वर्षीय पुरुष र गौर अस्पतालमा राजपुर नगरपालिका– का ६० वर्षिय पुरुषको उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । वैशाख १३ देखि २५ गतेसम्म रौतहटका १४ जना संक्रमितले ज्यान गुमाएको प्रशासनले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा रौतहटमा ४८ जना संक्रमित थपिएका छन । गौर अस्पतालको पीसीआर ल्याबमा सय जनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १२ जना गौर नगरपालिकाका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?