Comments Add Comment

अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श सेवा सुरु

भौतिक सहभागिता सम्भव नभएको कोरोना महामारीमा अनलाइनबाटै मानसिक स्वास्थ्य सम्बन्धी परामर्श सेवा सुरु भएको छ । शनिबार ‘ह्याप्पी माइन्ड्स डट हेल्थ’ले काठमाडौंमा एक कार्यक्रमका बीच यो प्लेटफार्म सार्वजनिक गरेको हो । यसको औपचारिक गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले गरेकी हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गायिका डोल्माले युवाहरुलाई अनिवार्य रुपमा नियमित ध्यान गर्न सुझाव दिइन् । शारीरिक एवं मानसिक स्वास्थ्यको लागि संगीतले पनि थेरापीको काम गर्ने भन्दै डोल्माले सहि समयमा सहि सेवा सुरु गरेको भन्दै ‘ह्याप्पी माइन्ड्स् डट हेल्थ’ को सफलताको कामना गरिन् । यो अनलाइनबाटै मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो।

जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको यो प्लेटफार्मको माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने संस्थाले बताएको छ ।

महामारीका बेला मानसिक स्वास्थ्य समस्या

विज्ञहरू महामारीका बेला मानसिक स्वास्थ्यमा समस्या आउने भन्दै यसको रोकथामको उपाय अपनाउनु पर्ने बताउँछन् । मनोचिकित्सक डा. सुरज शाक्यले ह्याप्पी माइण्ड्स् डट हेल्थमा नेपाल, अमेरिका र अष्ट्रेलियामा काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञले मानसिक समस्याको समाधानका लागि काम गर्ने बताउँछन् । डा शाक्यले कोभिड महामारीका बेला मानिसहरुमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको भन्दै रोजगारदाताहरुलाई आफ्ना कर्मचारी र शैक्षिक संस्थाहरुलाई आफ्ना विद्यार्थीहरुको मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरे ।

मानसिक समस्यालाई समयमै सम्बोधन नगर्दा डिप्रेसन तथा आत्महत्याका घटनाहरु पनि बढ्दै गएको भन्दै उनले आफ्नो परिवारका सदस्य तथा साथीहरुमा त्यस्तो समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न र विज्ञहरुबाट परामर्श लिन आग्रह गरे ।

ह्याप्पी माइन्ड्स्‌की प्रबन्ध निर्देशक श्रेया गिरीले अनलाइनबाटै मनोचिकित्सा सेवा प्रदानका लागि ह्याप्पी माइन्ड्स् डट हेल्थ सुरु गरिएको बताइन् । ‘कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको छ,  नेपालमा पनि यो अवस्था निकै गम्भीर रुपमा देखिएको छ,’ प्रबन्ध निर्देशक गिरीले भनिन्, ‘यही समस्याको न्यूनीकरण र निराकरणको लागि हामीले युवाहरूको टिम बनाएर ह्याप्पी माइन्ड्स् डट हेल्थ शुरु गरेका हौं ।’

ह्याप्पी माइन्ड्स् डट हेल्थले जुम र अनलाइनको सहायताले विशेषज्ञ सेवा सञ्चालन गर्ने प्रबन्ध निर्देशक गिरीले बताइन् । गिरीले नै यो सेवा र प्लेटफर्मको अवधारणा ल्याएकी हुन् । गत वर्ष लन्डनमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका बेला कोभिड–१९ प्रकोप सुरु भएपछि आफू पनि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको उनले बताइन् ।

लकडाउनका बेला निराश र एक्लो

लकडाउनका बेला आफूलाई निराश र एक्लो महसुस गर्दै आफ्नो काम र विश्वविद्यालयको पठन पठन गर्न पनि असमर्थ भएपछि नेपाली मनोचिकित्सकको खोजी गर्दा निकै सास्ती भोग्नु परेको अनुभव उनले सुनाइन् । ‘त्यसपछि मैले यो समस्याको पहिचान गरी समाधान खोज्ने अठोट लिएँ, त्यसैको प्रतिफल ह्याप्पी माइन्ड्स् डट हेल्थ सुरु गरिएको हो,’ गिरीले भनिन् ।

यो प्लेटफार्मलाई शैक्षिक संस्थान, कर्पोरेट र विभिन्न संगठनसँग समेत साझेदारी गर्ने लक्ष्य लिइएको छ । ‘ह्याप्पी माइन्ड्स् टिमले स्कूल र कलेज, कर्मचारी सहायता कार्यक्रम, प्राथमिक उपचार, मानसिक स्वास्थ्यसम्बन्धी कार्यशाला र अन्य थुप्रै सेवा प्रदान गर्न योजनाबद्ध कार्यक्रम तयार पारेको छ,’ गिरीले भनिन् ।

सिंगापुर रेडक्रसकी प्रतिनिधि कल्पना क्षेत्री, इथियोपियाका लागि मानार्थ महावाणिज्यदूत राजेन्द्र गिरी, नर्थफेस, टिम्बरल्याण्ड र कोलम्बिया ब्रान्डकी सञ्चालक डिकिला लामा लगायतले ह्याप्पी माइण्ड्स् डट हेल्थ मानसिक स्वास्थ्य सेवाका लागि महत्त्वपूर्ण अनलाइनमाध्यमका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

चेनस्मोकर भट्ट

Advertisment