+
+

ओलीलाई नेपाल समूहले दियो थप १३ घण्टा समय

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते २०:०१

२६ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीलाई २ जेठ २०७५ को स्थितिमा फर्काउन र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउने  प्रतिबद्धताका लागि १३ घण्टा समय दिएको छ । नभए कठोर निर्णय गर्ने भन्दै सांसदहरुको राजीनामाको संकेत गरेको छ ।

आइतबार दिउँसो पार्टी अध्यक्ष ओलीको प्रतिनिधिका रुपमा आएका सुवास नेम्वाङ र विष्णु पौडेलसँग भेटवार्ता गरेपछि नेता नेपालले आफ्ना सांसदहरुको बैठक बोलाएका थिए । बैठकले पार्टीको एकता जोगाउन पहल गर्ने प्रमुख दायित्व पार्टी अध्यक्ष ओलीको भए पनि गम्भीरताका साथ दायित्व पूरा नगरेको निष्कर्ष निकालेको छ । बरु आफूहरुतर्फ लक्षित गर्दै वक्तव्य दिनु चिन्ताजनक भएको नेताहरुले बताएका छन् ।

अन्तिम समयसम्म पनि एकताको प्रयास गर्ने भन्दै नेपाल समूहको बैठकले अध्यक्ष ओलीसँग २ जेठ २०७५ को पार्टी संगठन र नेतृत्वमा फर्किने र आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने दुईबुँदे प्रतिबद्धता मागेको छ ।

‘हामीले आजको बैठकबाट पनि अध्यक्षलाई २०७५ जेठ २ को अवस्थामा फर्किएर संगठन र पार्टीको जीवनलाई सुचारु गर्न र सहमतिका आधारमा पार्टी सञ्चालन गर्न ध्यानाकर्षण गराएका छौंं’ बैठकपछि सांसद योगेश भट्टराईले भने, ‘त्यसका निम्ति उहाँलाई (वैशाख) २७ गते ९ बजेसम्मको समय दिएका छौं ।’

नेपाल समूहले आफ्नो पक्षका सांसदहरुलाई भोलि बिहान साढे ९ बजे बैठकमा बोलाएको छ । अध्यक्ष ओलीले आफूहरुको मागअनुसार प्रतिबद्धता जनाए पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली विश्वासको मत लिन जाँदा संसदमा उपस्थित हुने र पक्षमा मतदान गर्ने सांसद भट्टराईले बताए ।

नभए कठोर निर्णय गरेर अगाडि बढ्ने भन्दै उनले भने, ‘एउटा समूहलाई पेल्ने, कारबाही गर्ने, डरधाक देखाउने जस्ता क्रियाकलाप भयो भने जे निर्णय गर्नुपर्ने हो, त्यो गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?