+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

सांसदहरुलाई ओलीको आग्रह : सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १८:२४

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनु अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई  जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ । सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गरेका हुन् ।

पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताएका छन् । ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान् कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ उनले भनेका छन् ।

माधव समूहप्रति आक्रोश
अध्यक्ष ओलीको विज्ञप्तिमा आफू सबैलाई स्पेस दिएर जान तयार रहेको भनिए पनि पेटबोली भने माधव समूहप्रति आक्रोशयुक्त छ । माधव नेपालले आफ्नो राजनीतिक जीवन समाप्त पारेर भए पनि पार्टीलाई पछारिछाड्ने हानिकारक प्रयास गरेको ओलीले आरोप लगाएका छन् ।

‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्श्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनुहुँदैन । आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारिछाड्ने हानिकारक प्रयास भएका छन् ।’ ओलीले भनेका छन्– ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ?’

हेर्नुहोस् विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?