Comments Add Comment

इटहरीमा अक्सिजनसहित २५ बेडको आइसोलेसन बन्ने

२७ वैशाख, काठमाडौं । सुनसरीको इटहरीमा अक्सिजनसहितको २५ बेडसहित ४० बेडको आइसोलेसन केन्द्र बन्ने भएको छ । इटहरी उपमहानगरपालिका–१० मा रहेको पिपुल्स मल्टिपल हेल्थ इन्टिच्युटको भवनमा उक्त आइसोलेसन केन्द्र तयार गरिने भएको हो ।

विपन्न तथा डेरामा बस्ने कोरोना संक्रमितलाई लक्षित गरी उद्योग वाणिज्य संघ इटहरीको अगुवाइमा युवा उद्यमी मञ्च सुनसरी र नेपाल प्रेस युनियन सुनसरीको सहकार्यमा आइसोलेसन तयार गर्न लागेको स्थानीय युवा उद्यमी पवन अधिकारीले जानकारी दिए ।

‘विपन्न वर्ग र डेरामा बस्नेहरुलाई कोरोना संक्रमण भएमा ठूलो समस्या खेप्नुपर्ने देखिएको छ । उनीहरुलाई लक्षित गरेर आइसोलेसन तयार गर्न लागेको हौं,’ उनले भने, ‘डाक्टर र नर्सको सुविधासहित आइसोलेसनमा बस्नेहरुलाई खाना र अन्य सम्पूर्ण कुराको निःशुल्क व्यवस्था गर्छौं ।’

केही दिनमै सञ्चालनमा आउन लागेको आइसोलेसन केन्द्रको आइतबार सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहितको टोलीले अनुगमन गरेको अधिकारीले बताए ।

कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको सुनसरीमा पछिल्लो समय तीव्र रुपमा संक्रमण बढिरहेको छ । आइतबार मात्र सुनसरीमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment